व्यक्तिको घरमा विप्लवको झण्डा

डोटी साउन ११(ई–रैवार): कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर लगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ। अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको भन्दै सम्पत्ति कब्जामा लिएको जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको उल्लेख छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कब्जा लिएको भनिएको घरमा केही नभेटिएको बताएका छन्। कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्।
प्रतिकृया दिनुहोस्