करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु
- Eraibar
- २०८१ चैत्र ३१, आईतवार १४:०५
- 6 Shares

धनगढी । धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो । घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका हुन ।
उक्त घटनामा विमलाका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्