April 18, 2026, Saturday
२०८३ बैशाख ५

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको प्यानलै विजयी

धनगढी । कैलालीको टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका उमेद्वार किरण साउँद विजयी भएका छन्। उनले अनेरास्ववियुका सयुक्त प्यानलका उमेद्वार गोवीन्द प्रसाद भण्डारीलाई पराजित गर्दै विजयी प्राप्त गरेका हुन्।

नेविसंघका उमेद्वार साउँदले ६५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी सयुक्त प्यानलका उमेद्वार भण्डारीले ५४७ मत ल्याए। स्वतन्त्रबाट अध्यक्षमा उठेका दिवासीवजंग थापाले जम्मा ४२ मत प्राप्त गरे।

यस्तै सचिव पदमा नेविसंघका छविलाल न्यौपाने ६१९ मत प्राप्त गर्दै विजयी भएका छन्। नागरिक विद्यार्थी समाजको सयुंक्त प्यानलका उम्मेदवार आशिष चौधरीले ५०३ मत प्राप्त गरे। स्वतन्त्रका उम्मेदवार लोकेश देवकोटाले ८४ मत प्राप्त गरे।

कोषाध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६६६ मत प्राप्त गर्दै विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तीकारीको सयुक्त प्यानलका उम्मेदवार ५३० मत प्राप्त गरे। सदस्यमा पनि नेविसंघका उम्मेदवारहरु विजयी भएका छन्।