April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे प्रेस सल्लाहकारमा पत्रकार बमलाई नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन् । मुख्यमन्त्री शाहले सोमबार उनलाई सल्लाहकारमा नियुक्त गरेका हुन्।

कैलालीको लम्कीका २०६२ सालदेखि पत्रकारिता सुरु गरेका बमले बिभिन्न संचार माध्येममा काम गरेको अनुभव छ। धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम, बिज एफएम, रासस लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव रहेको छ ।

प्रेस तथा जनसम्पर्क सल्लाहकार नियुक्त भएका वमले राजनीतिशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययनका साथै कानुन संकायमा पनि स्नातक गरेका छन् ।