October 29, 2026, Thursday
२०८३ कार्तिक १३

हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

ई-रैवार समाचार, कैलाली साउँन ६
छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेको बताए।

यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएको बस्नेतले बताए। उनलाई गयराती नै कोहलपुर रेफर गरिएको छ। अभियूक्त उदेलाई गएराती नै नियन्त्रणमा लिईसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनले घरायसी विवादका कारण आमाबुवामाथि धारिलो हतियार प्रहार गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।