June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

प्रदेश प्रमुख मियाँले गरे डोटीको बगलेकमा‘मिनी खप्तड पार्क’ को शिलान्यास

डोटी । डोटीको बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेका हुन् ।

पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्ययले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थलको बगलेकलाई पार्कको रुप दिएर मिनी खप्तड पार्क निर्माण गरिएको बताएका छन् ।

जसको लागि ३५ लाख बजेट विनियोजन भएको र गाउँपालिकाले क्रमागत रुपमा कार्यान्वयनमा लैजाने उनले बताए । धर्तीको स्वर्ग मानिएको खप्तडको फेदीमा निर्माण गरिने मिनी खप्तड पार्कले त्यहाँको रमणीयतालाई झनै उजागर गर्ने उनले बताए ।

एक औपचारिक कार्यक्रमकाबीच प्रदेश प्रमुख मियाँले मिनी खप्तड पार्क निर्माण कार्यको शिलान्यास गरिएका हुन । शिलान्यास कार्यक्रम प्रमुख आतिथ्य प्रदेश प्रमुख मियाँ रहेको थिए भने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद, प्रदेशसभा सदस्य चक्र मल्ल, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यय, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत सहभागी थियो ।