April 18, 2026, Saturday
२०८३ बैशाख ५

का‌ग्रेस भीमदत्त नगरपालिकाका नगर सभापति कलौनी सडकमा मृत भेटिए

धनगढी। नेपाली का‌ग्रेस भीमदत्त नगरपालिकाका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। शनिबार (आज) बिहान ८ बजेतिर कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान मामाभान्जा चोक क्षेत्रमा कांग्रेस नगर सभापति कलौनी मृत्य फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीनुसार भीमदत्त नगरपालिका सभापति कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा शव फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको जनाएको छ । उनीहरुले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेका छन् ।

तालिमप्राप्त कुकुर पनि पुग्दै गरेको एसपी जोशीले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले अहिले शव भेटिएको बताउँदै थप तथ्य अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए।

नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए। कलौनी मृत फेला परेको स्थानबाट ५ सय मिटरको दुरीमा उनको घर छ।