नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

डोटी । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
सोमबार साँझ भएको मतदानको मत परिणाम अनुसार मलासीले २१५ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी मल्लले १७१ मत पाएका छन् । ४ सय १२ मत मध्ये तीन सय ९४ मत खसेको थियो । अध्यक्षमा निर्वाचित मलासी दीपायल सिलगढी नगरपालिकाकी पूर्वमेयर हुन् ।
यस्तै उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदमराज भट्ट, उपसचिवमा खुल्लातर्फ डम्मरसिँह डौडी, महिलातर्फ विष्नादेवी सिंह निर्वाचित भएकी छन् ।
उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचित बडैलाले १११ मत पाउँदा अन्य प्रत्याशी गणेश विष्ट १०७, लक्ष्मण मलासीले ९७ र चक्र घर्तीले ५८ मत पाए । सचिवमा पदमराज भट्ट २३७ मत ल्याएर विजयी भए । सचिव पदमा तीन जनाको उम्मेदवारी थियो । भट्टका प्रतिस्पर्धी धन बहादुर नेपालीले ११९ मत र झलक पालीले ६८ मत पाए ।
खुला उपसचिवमा डम्बर सीँ डौडीले १५२ मत ल्याएर जित्दा बम बहादुर बमले १२३, कृष्ण कुमार खड्का ६७ र कृष्ण दर्लामीले ३४ मत पाए । महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भइन् । सिंह २०८ मत ल्याएर उपसचिवमा विजयी हुँदा प्रतिस्पर्धी शशी सोवले १४६ मत पाइन् ।





प्रतिकृया दिनुहोस्