May 10, 2025, Saturday
२७ बैशाख २०८२, शनिबार

वोगटानको गगुडादेखि धनगढीसम्म पहिलो पटक बस सेवा संचालन

डोटी । डोटीको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाबाट धनगढीसम्म पहिलो पटक बस सेवा संचलन भएको छ । शैलेश्वरी यातायात प्रालिले दिपायलदेखि गगुडासम्म सडकको डबल कटिङ भएसँगै बस सेवा संचालनमा ल्याएको हो ।

शैलेश्वरी यातायात प्रालिको सुपप्र ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर सोमबार बिहान ७ बजे धनगढी प्रस्थान गरेको बोगटान फुड्सिल गाउँपालिका-६ का वडा अध्यक्ष श्याम बोगटीले बताए ।

सहजपुर, बोगटान, दीपायल सडक खण्डको दीपायलदेखि गगुडासम्म केही भाग पक्की तथा केही भाग डबल कटिङ गरिएसँगै बस सेवा सुरु भएको छ ।

यसअघि यस सडक खण्डको के.आई.सिंह गाउँपालिका अन्र्तगत पर्ने तिखात्तरको लेकगडाबाट बस सेवा सञ्चालन हुँदै आएको थियोे । पहिलो पहिलो पटक बस गगुडा पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।