October 25, 2024, Friday
९ कार्तिक २०८१, शुक्रबार

कञ्चनपुरको विनाबारीमा एक दम्पतीको हत्या

कञ्चनपुर । कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका १ विनाबारीमा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका १ विनाबारीमा धारिलो हतियारको प्रहारबाट रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जानकारी दिएका हुन।

घटनाको विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएको प्रहरी नायव उपरीक्षक जोशीले बताएका छन् ।तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले राति दम्पतीको हत्या भएको बताए । उनका अनुसार श्रीमान्को टाउको फुटेको छ । घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ ।