October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

हेलिकप्टरमार्फत अछाममा सुत्केरीको उद्धार

अछाम । ढकारी गाउँपालिकाबाट एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार ३१ वर्षीया कौशीकुमारी बुढाको सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

ढकारी गाउँपालिका– ६ ढुंगाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुंगाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख भण्डारीले जानकारी दिएका हुन ।

ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएपछी सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।