काग्रेंस, एमाले र नाउपाको एकै स्वर- सरकारले बिचौलिया केन्द्रित बजेट ल्यायो, कार्यान्वयन हुदैन

धनगढी । नेपाली काग्रेस सुदुरपश्चिम प्रदेश ससंदिय दलका नेता कमल बहादुर शाहले बर्तमान सरकारले बिचौलिया केन्द्रित बजेट आएको दावी गर्दै अहिलेनै खुशी नमनाउन आग्रह गरेका छन् । शाहले सुदुरपश्चिम प्रदेशसभामा बिचौलिया केन्द्रित बजेट आएकोले अहिलेनै खुशी नमनाउन आग्ह गरेका हुन् ।
प्रदेशसभा सचिवालयमै नयाँ गठबन्धनका नेताहरुले गरेको पत्रकार सम्मेलनमा बोल्दै निबर्तमान मुख्यमन्त्री समेत रहेका शाहले यो बजेट पास नहुने भएका कारण योजना पर्दैमा खुशी नहुन आग्रह गरेका हुन् ।
“कसैका ब्यक्तीगत बजेट परेको भए धेरै खुशी नहुन उनले आग्रह गरे । साथीहरु कसैको योजना परेका होलान ढुक्क हुनु यो बजेट यस्तै पास हुँदैन उनले भने यो बजेटमा भएका राम्रा योजना समेट्छौँ, नराम्रा ससोंधन हुन्छन्, बिचौलियाका योजना रहन्नन्, पिडिएफ बाहिरिएको बिषय छानबिन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
शाहले यो सरकारले ल्याएको बजेट जस्ताको त्यस्तै पास नहुने बताए । तपाइहरु सबैले थाहा पाउनुभाछ बजेटको पिडिएफ बिचौलियाबाट बाहिरिएको उनले भने “बजेट ठिक छैन भन्ने प्रस्ट भएको छ, यो बजेट मुख्यमन्त्री सोडारीकै इन्टेस्टमा आएको छ, आर्थिक मामिला मन्त्री दुई दिन अघी मात्रै मन्त्रालय सम्हाल्न पुगेका थिए, त्यस कारण बजेट आउनु र पिडिएफ बाहिरिनुमा तत्कालिन मन्त्री शुरेन्द्र पाल दोशी छैनन्, यसको जिम्मेपारी मुख्यमन्त्रीलेनै लिनुपर्छ ।”
सदन बन्द गरेर अध्यादेश मार्फत बजेट पारित गर्ने बाटो खोज्नुभन्दा राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्गप्रशस्त गर्नुपर्ने उनले बताए । नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परिसकेका छन् । बजेटमा छलफल र पास गर्न समेत नसक्ने सरकारले राजीनामा दिनुपर्ने शाहले बताए । ‘बजेट पारित हुने अवस्था छैन, संसदमा छलफल पनि भएको छैन तर बजेट पारित गर्न चलखेल गर्न थालिएको छ।’ उनले भने, ‘जबरजस्ती ढङ्गले बजेट पास गराउने, बजेट कार्यान्वयन गर्नतिर सरकार जाँदै छ । हामी छिटोभन्दा छिटो मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दछौँ ।’
पत्रकार सम्मेलनमा नयाँ गठबन्धनका नेताहरुले मुख्यमन्त्री सोडारीले राजिनामा दिएर नयाँ सरकार गठनका लागी मार्ग प्रसस्त गर्नुपर्नेमा जोड दिएका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले नैतिकताका आधारमा राजिनामा गर्न उचित हुने उनिहरुको भनाई थियो ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसक्नुभएकाले तत्काल पदबाट राजीनामा दिन तिन पार्टीका संसदीय दलका नेताले संयुक्तरुपमा माग गरेका हुन्।
पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए। ‘अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन,’ उनले भने।
पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरे।
संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका छन्।
एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन।
प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ। ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन्।





प्रतिकृया दिनुहोस्