February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारी पत्नी गीता नक्कली सर्टिफिकेटमा दोषी ठहर

धनगढी । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीतालाई दोषी ठहर गरीएको छ । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दोषी ठहर गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो । 

गीता धनगढी-९ स्थित शिव माविमा शिक्षिका थिइन् । उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको बताइएको छ ।

उनीविरुद्ध २०७९ असोज पहिलो साता मुद्दा दायर भएको थियो । गीता र उनका पति सोडारी नेकपा एसका नेता हुन् ।