पोखरीमा माछा मरेपछि व्यवसायी जोशीलाई ६० लाखको क्षति

धनगढी । धनगढी उपमहानगरपालिकाको एक पोखरीमा रहेका पुरै माछा मरेका छन् । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका पुरै माछा मरेका हुन् ।
यसबाट झण्डै ६० लाख रुपैयाँ क्षति भएको व्यवसायी जोशीले बताएकी छन् । ‘पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए’, व्यवसायी जोशीले भनिन्, ‘माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।’ उनका छ वटा माछा पोखरी रहेका छन् ।
माछा प्रबिधिकका अनुसार पोखरीमा रहेका माछा अक्सिजनका कारण मरेको बताएका छन् । पोखरीमा अक्सिजनका भयो, राज्यको उदाशिन्ता र व्यावसायीको कमजोरीका कारण माछा मरेको प्रविधिकहरुको भनाइ रहेको छ ।





प्रतिकृया दिनुहोस्