नेकपा एसको केन्द्रीय कमिटीबाट हटे प्रेम आले, भन्छन- ‘अब मेरो साइनो छैन एकीकृत समाजवादीसँग’

धनगढी। नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदा प्रेम आले अटाएका छैनन्।
आलेले महाधिवेशन बहिस्कार गरेका थिए। डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका आले पार्टीको १० औं महाधिवेशनमा सहभागी भएनन्।
नेकपा एसले आज ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ। पार्टीले थप छलफल गरेर आगामी दस दिनभित्र २९९ सदस्यीय कमिटी घोषणा गर्ने जनाएको छ।
निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरोमा रहेकाहरूलाई केन्द्रीय सदस्यमा राखे पनि निवर्तमान पोलिटब्युरो सदस्य आलेको नाम भने राखिएको छैन।
एकीकृत समाजवादीसँग अब मेरो साइनो छैन: आले
नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधि सभा सांसद प्रेम आलेले पार्टीसँग कुनै साइनो नरहेको बताएका छन्। पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको बताएका आलेले वडाध्यक्षसमेत नजित्ने मानिसहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ? त्यही देखेर मैले बहिष्कार गरेको हुँ,’ उनले भने।
उनी एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नभई भारत भ्रमणमा गएका थिए। असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गरेको थियो। उनी बिहीबार भारतबाट स्वदेश फर्केका थिए।
‘पार्टी गठन गर्ने, व्यापार गर्ने काम भयो, म हिजो भारतबाट फर्किएँ। यो पार्टीसँग मेरो कुनै साइनो सम्बन्ध रहेन,’ उनले भने।
उनले जनताबाट निर्वाचित प्रतिनिधि भएकाले स्वतन्त्र हैसियतमा रहँदा पनि फरक नपर्ने बताए।
यस्तो छ ९३ सदस्यीय केन्द्रीय कमिटी








प्रतिकृया दिनुहोस्