कांग्रेस-एमाले सरकारमा नाउपा पनि सहभागी हुने, रेशमले गरे देउवासँग संवाद

धनगढी। कांग्रेस एमाले सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी हुने भएको छ । नाउपाका नेता रेशम चौधारीले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।
संघिय संसदमा नाउपाका चार सांसद छन् । चौधरीले कांग्रेस – एमालेको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने सभापति देउवालाई भेटेर जानकारी दिएका हुन ।
माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत दिएका थिए । सरकारमा सहभागी गराउने विषयमा भने ढिलाइ भएको थियो ।
केही दिन अघि मात्रै नाउपाको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट बहुमत सदस्यले हटाउँदै गङ्गा चौधरीलाई जिम्मेवारी दिएका थिए । नेता चौधरीले अब संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने बताएका छन् ।





प्रतिकृया दिनुहोस्