April 20, 2026, Monday
२०८३ बैशाख ७

खोलाको बाढी बस्तीमा पस्दा मुख्यमन्त्री सोडारीको घर सहित शिवनगर क्षेत्रका सयौ डुवानमा

धनगढी । खोलाको बाढी बस्तीमा पस्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीको घर सहित धनगढीको शिवनगर क्षेत्रका सयौ डुवानमा परेका छन् । अबिरल बर्षाका आएको बाढी कारण शिवनगरमा रहेको खोला नाला बुझिएपछि मुख्यमन्त्री सोडारीको घर सहित धनगढीको शिवनगर क्षेत्रका सयौ डुवानमा परेका हुन् ।

शिवनगर खोला बुझिएर बस्तीमा मोडिएपछि मुख्यमन्त्री सोडारी बढी पिडित भएका छन् । उनको घर आगनमा पानी पसेको छ ।
‘घरको तल्लो तलामा पुरै पानि पसेको छ’ मुख्यमन्त्री सोडारीकी श्रीमती गिता सोडारीले भनिन्–‘पानी पसेर घरको तल्लो तलामा रहेका सामान भिजेको छ ।’ अहिले मान्छे लगाएर सामान सार्ने काम भईरहेको उनले भनिन् । उनको घर तिन तलेको रहेको छ भने तल्लो तालाका पुरै कोठामा पानी पसेको छ । मुख्यमन्त्री सोडारीको घर शिवनगर खोला नजिकै रहेको छ ।

मुख्यमन्त्रीको घर संगै धनगढी उपमहानगरपालिका वडा नं १ मा शिवनगर खोलाको भंगालो बस्तीमा पसेपछि धनगढीको शिवनगर क्षेत्र पुरै डुवानमा परेको छ । शिवनगरको खानेपानी क्षेत्र, न्यरोड क्षेत्रका दर्जानौ घरमा पानी पसको छ । बाढी घर भित्र पस्दा खाद्यान्न, लुगाकपडा भिजाएको छ । बुधवार दिउसो १ बजेतिर खोलाले घार परिवर्तन गरेको थियो । खोलाले कटान बढाईरहेकोले बचेका घरहरु समेत डुवानमा पर्ने देखिन्छन् ।

नालामा पानी भरिएर उत्तर तिर बग्न थालेको छ स्थानीय मिन भट्टले भने,- बस्ती डुवान हुने गरि बनाईएका नालीहरुले डुवानमा सहयोग पुगेको छ ।’धनगढी उपमहानगरपालिकाका इन्जिनीयर दाताराम जोशीले खोला अवरुद्ध भएपछि धार बस्तीमा पसेको बताए । उनले भने, ‘उपमहानगरपालिकाले खोलाको अवरोध खुलाउन जेसिवि प्रयोग गरिसकेको बताए ।