April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ७ मन्त्री नियुक्त, ५ बिना बिभागिय सहित ७ मन्त्रीले लिए सपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्री नियुक्त भएका छन् । ५ बिना बिभागिय सहित ७ जना मन्त्रीलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ समेत गराएका छन् ।

मुख्‍यमन्त्री दीर्घबहादुर सोडारीले स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादी३ र एक एकिकृत समाजवादीबाट सिफारिश भएकाहरुलाई मन्त्री नियुक्त गरेका थिए ।

आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्र पाल, सामाजिक बिकास मन्त्रीमा माओवादीका ओम बिक्रम भाटले सपथ ग्रहण गरेका छन् । एमालेका बिर बहादुर थापा, हिरा शार्की, माओवादीका अक्कल रावल, लक्ष्मी बि.क र एकिकृत समाजवादीका माया पन्तले बिना बिभागिय मन्त्रीको सपथ लिएका हुन् ।

एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन ।

स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए । मुख्‍यमन्त्री सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । तर, स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका थिए ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्‍यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।

यस अघी मुख्यमन्त्री सहित ३ सदस्यीय मन्त्रीमण्डल रहेकोमा अब १० सदस्यीय मन्त्रीमण्डल बनेको छ । तिन मन्त्रालय फुटाउने गठबन्धनमा सहमती भए अनुसार भौतिक पुर्वाधार बिकास मन्त्रालय, सामाजिक बिकास र उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय फुटाइने छ । तत्काल जिम्मेवारी बिना सपथ लिएका मन्त्रीहरुलाई मन्त्रालय फुटाएर चाँडै जिम्मेवादी दिने मुख्यमन्त्री सोडारीले बताएका छन् ।

बिगतमा राज्यमन्त्री समेत ११ सदस्यीय मन्त्रीमण्डल बनाउकै हौँ यो हामीले सबिंधानले दिएको अधिकार प्रयोग गरेका हौँ मुख्यमन्त्री सोडारीले भने “त्यस्तो जम्बो भन्ने छैन, अरु प्रदेसमा कति धेरै पनि छन्, हामीले अधिकार अनुसार मन्त्रीमण्डल बनाएका छौँ, अब प्रदेश सरकारका काम कार्वाही अगाडी बढाउन सहज हुने छ ।”