April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशको मुख्यन्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले उनलाई मुख्यन्याधिवक्तामा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख मियाँको उपस्थितीमा उच्च अदालतका डोटी दिपायलका मुख्य न्यायाधीस शान्ती सिंह थापाले नवनियुक्त मुख्यन्यायाधिवक्ता शाहीलाई शपथ ग्रहण गराएकी हुन्।

शपथ ग्रहण शनिबार दिउँसो भएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिएका छन्। संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।