नाउपाले सुदूरपश्चिम संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटायो

धनगढी । नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेशका दलको संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाइएको छ । संसदीय दलका नेता चौधरीलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको छ ।
कांग्रेस नेतृत्वको सरकारमा घनश्याम सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री समेत हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी छन् ।
अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रिय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उल्लेख छ ।
अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको यसअघि नै सार्वजनिक वक्तब्यद्वारा जानकारी गराएकी थिइन् ।
नाउपा समानुपातिक सांसद इन्दिरा गिरी पनि पदमुक्त भएकी छन् । अध्यक्ष श्रेष्ठले २१ गते गिरीलाई सांसदबाट फिर्ता बोलाएको पत्र प्रदेशसभामा पठाएकी थिइन् ।





प्रतिकृया दिनुहोस्