April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरमा हराएका युवा मृत भेटिए, दुईजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिए हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले महाकाली सिचाइँको मूल नहरमा तैरिहेको अवस्थामा बिष्टको शव भेटिए परेको बताएका हुन ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) डाँगीकाअनुसार आइतबार घरबाट निस्किएका बिष्ट सम्पर्कविहीन थिए । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटना शंकास्पद रहेको अनुसन्धान भै रहेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डीएसपी डाँगीले उनीसँगै रहेका दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।