April 18, 2026, Saturday
२०८३ बैशाख ५

मानसिक सन्तुलन ठिक नभएकी महिलामाथि कञ्चनपुरमा करणी

कञ्चनपुर। मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जबरजस्ती करणी भएको छ। कञ्चनपुरको झलारीकी एक महिलामाथि करणी भएको प्रहरीले जनाएको हो।

मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर करणीर गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको जाहेरी दिएका हुन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार आफन्तको जाहेरीका आधारमा जिल्लाको कृष्णपुर नगरपालिका–२ का ३१ वर्षीय कृष्णानन्द पन्त पक्राउ परेका छन्। उनी मङ्गलवार पक्राउ परेका हुन।

उनले मानसिक सन्तुलन ठिक नभएकी महिलामाथि सोमवार करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। घटनाबारे थप अनुसन्धान जारी हरेको प्रहरी निरीक्षक चन्दले बताए ।