फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने : परराष्ट्रमन्त्री साउद

कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।
आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता उद्घाटन गदै मन्त्री साउदले सो कुरा बताएका हुन
खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताए। “फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ”, उनले भने, “खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ । पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ ।”
नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए । यसले नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउने उनको भनाइ छ ।
तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ ।
प्रतिकृया दिनुहोस्