April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

गड्डाचौकी नाकामा तीन जनामा देखियो कोरोना संक्रमण

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा ३ जनालाई कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार भारतबाट घर फर्किने क्रममा गड्डाचौकी नाकामा शनिबार एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज भण्डारीले गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार भारतको हरिद्वार, दिल्ली र पञ्जावबाट आएकाहरूमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिनेमा २ जना कञ्चनपुरको बेलडाँडी गाउँपालिका र १ जना भीमदत्त नगरपालिकाका हुन्। उनीहरूलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ।

शनिबारदेखि गड्डाचौकी नाकामा परीक्षण बढाइएको छ। त्यस्तै कैलालीको गौरीफन्टा नाकामा पुस यता १८ जनामा संक्रमण देखिएको छ। हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार शुक्रबार १ जनामा संक्रमण देखिएको थियो।