April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा जीप दुर्घटना हुदाँ ८ महिने शिशु सहित ४ जनाको मृत्यू, ५ जना घाईते

डोटी । डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यू भएको छ । भने ५ जना घाईते भएका छन् । केआईसिंह राजमार्ग अन्तरगत पर्ने शिखर नगरपालिका वडा नं ६ अण्डौलमा जीप दुर्घटना हुँदा ८ महिने शिशु सहित ४ जनाको मृत्यू भएको हो ।

धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप राति २ बजेर २८ मिनेटमा दुर्घटना हुँदा बाजुराको हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षिया राधिका मलाल, ३२ बर्षिया धनशोभा बुढा, उनको ६ बर्षिय छोरा कबिन्द्र बुढा, सोही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलालको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाबाट हिमाली–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलाल घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते विमलाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ । घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ ।

बाजुराको गौमुल गाउँपालिका–४ काडाकोटका २१ वर्षीय जिप चालक महेश बुढा प्रहरी चौकी तलकोटको नियन्त्रणमा छन् । जीप सडकबाट ५० मिटर तल सेती नदिमा खसेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।