April 18, 2026, Saturday
२०८३ बैशाख ५

डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी वाजेद निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् । बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई निर्षचित गरेको हो।

बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर-लिस्टेले मतदानमा भाग लिएको थियो। म्यानमारले उक्त बैठकमा सहभागी भएन। 

म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाएको हो ।

यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।

साइमाले ८ मत प्राप्त गरेका थिए। नेपालको तर्फबाट डा. शम्भुप्रसाद आचार्य पनि उम्मेदवार भएका थिए। उनले जम्मा दुई मत प्रात गरेको ढाका टर्बाइनले जनाएको छ। 

साइमाको नियुक्तिको लागि सन् २०२४ जनवरी २२-२७ मा स्विट्जरल्याण्डमा हुने डब्ल्युएचओको बोर्डको बैठकमा पेश गरिनेछ। उनले सन् २०२४ फेब्रुअरी १ मा कार्यभार सम्हाल्नेछन्।

उनको पाँच वर्षका लागि कार्यकाल रहनेछ। साइमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।