April 18, 2026, Saturday
२०८३ बैशाख ५

सिमचौरका असहाय, विपन्नगरी २३ परिवारलाई सोलार वितरण

बोगटान । डोटीमा एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । बुधवार एक गैर सरकारी संस्थाले डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौरका २३ परिवारलाई सौर्य ऊर्जा (सोलार) वितरण गरिएको हो ।

ग्रामीण समुदाय विकास केन्द्र (आरसिडिसी) तथा युएमएनको आर्थिक सहयोग र वडा कार्यालयको सहकार्यमा प्रति परिवार ५० वाटको एक गरेर २३ सोलार वितरण गरिएको आरसिडिसीमा कार्यरत कृषी प्राबिधिक किष्णा कुमारी बमले बताएकी हुन ।

आरसिडिसी तथा युएमएनको संयुक्त परियोजना जलवायु परिवर्तन न्यूनीकरण अन्तरगत वडाका एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारको छनोट गरेर सोलार वितरण गरिएको उनले बताईन ।

बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खेम घर्तिमगरले वडाका नागरिक विद्युत्को पहुँच भन्दा बाहिर रहेकाले उनीहरूको टुकी बालेर बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरी सोलार वितरण गरिएको बताए ।