April 18, 2026, Saturday
२०८३ बैशाख ५

महाकालीमा पानी बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक

कञ्चनपुर । महाकाली पुलमा चारपांग्रे सवारीसाधन चलाउनमा रोक लगाइएको छ । महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आइतबार रातिदेखि महाकालीमा पानीको बहाव बढेको हो । सोमबार बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ । आइतबार रातिदेखि नै बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाइएको हो ।

सय वर्ष पुरानो पुल कमजोर भएकाले जोखिम हुन सक्ने भन्दै महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।