April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता कुवेर दमाईं मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका–२, बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाईं मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले दमाईंको शव घरदेखि करिब ५०० मिटर टाढा नदी किनारमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिएका हुन ।

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाईं सोमबारदेखि बेपत्ता भएका हुन ।

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ,” प्रहरी निरीक्षक शाहीले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।”

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर राखिएको छ ।