कञ्चनपुरमा महिलाको ज्यान लिने बाघलाई चिडियाखाना लगिने

धनगढी । कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ। कञ्चनपुरको बेलौरी पचुइमा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई ललितपुरस्थित चिडियाखानामा लगिने भएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताएका हुन।
बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो। बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो। यसपछि शनिबार कञ्चनपुरमा उक्त बाघलाई नियन्त्रणमा लिइएको थियो।
बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया चन्दलाई आक्रमण गरी मारेको हो। चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए।





प्रतिकृया दिनुहोस्