April 19, 2026, Sunday
२०८३ बैशाख ६

सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका हो ।

सरकारले न्यूनतम साझा कार्यक्रममा सहमतिका लागि विभिन्न चरणमा छलफल गरिरहेको छ। गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले उक्त कार्यक्रममाथि छलफल गरि थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको बताइएको छ ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे सत्ता गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यसका लागि कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल र जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य छन्।

कार्यदलका सदस्य एवम् नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले न्यूनतम साझा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने कार्यतालिका तय भएको जानकारी दिएका हुन ।

आन्तरिक उत्पादन खासगरी, कृषि क्षेत्रलाई जोड दिइएको उनको भनाइ छ। बजेटमा कृषि उत्पादन एवम् बिक्रीको सुनिश्चित गर्ने विषयमा केन्द्रित भएको उनको भनाइ छ।