कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते
- Eraibar
- २०७९ चैत्र १२, आईतवार १०:३१
- 60 Shares

काठमाडौं । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । कैलालीको मोहन्याल गाउँपालिका–५, तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा चक्र जेठाराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्याक्टरमा सवार गौरीगंगा नगरपालिका–७ का ४५ वर्षीय जेठाराको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोहन्याल–५ का २० वर्षीया निर्मला रोकामगर र ४० वर्षीया गौमती विकको सोही अस्पतालमा उपचार भइरहेको छ । हिजो बेलुका करिब पौने ८ बजे से२त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्