बाजुरामा गर्भवतीको मृत्यु

बाजुरा । बाजुरामा गर्भवतीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको हो ।
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भएपनि ढिलाइ भएकाले गर्भवती जानकी मृत्यु भएको बताएका हुन ।
सूचना अधिकारी गिरीले भने ‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ’, उनले भने, ‘ढिलो गरी लैजाँदै गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ ।’
विक मुटुरोगी पनि थिइन् । उनलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिएका छन् ।





प्रतिकृया दिनुहोस्