April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीमा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बैतडी । बैतडीमा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिका ६ थालिगडा स्थित कालिका माविमा आजबाट भलिबल प्रतियोगिता सुरु भएको हो ।

कालिका विद्यालयको आयोजना तथा श्री गगनचन्द डिभाइन फाउण्डेसनको प्रायोजनमा आइतबारबाट मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक गोविन्द राज जोशीले जानकारी दिएका हुन ।

आजबाट सुरु भएको भलिबल प्रतियोगितामा दनपा भित्रकै १० टिमको सहभागिता रहेको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक जोशीले बताए । प्रतियोगितामा १० गते फाइनल खेल हुने र १२ गते कालिका माविको वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गरिने उनले बताए ।

कालिका माविको ७३औँ वार्षिकोत्सवको उपलक्ष्यमा श्री गगनचन्द डिभाइन फाउण्डेसनको सहयोगमा प्रतियोगिता भइरहेको हो । ‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद, गाउँका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यार्थीको राष्ट्रिय खेल प्रति रुची बढाउन आयोजना गरिएको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५१ हजार, शिल्ड र प्रमाण पत्र रेहेको छ ।

यस्तै द्धितिय नगद ३१ हजार, शिल्ड र प्रमाण पत्र र तृतिय स्थान हाशिल गर्ने टिमलाई २१ हजार शिल्ड र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । आफ्ना बुवा गगन चन्दको स्मृतीमा गठन गरेको सामाजिक संस्था गगन चन्द डिभाईन फाउण्डेसनका संस्थापक अध्यक्ष दान बहादुर चन्दको सहयोगमा कालिका माध्यमिक विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष भलिवल प्रतियोगिताका हुँदै आएको छ ।

श्री गगनचन्द डिभाइन फाउण्डेसन सामाजिक संस्था हो । दशरथचन्द नगरपालिका सिमायलमा रहेको यो संस्थाले विभिन्न सामाजिक कामका साथै खेलकुद प्रतियोगिता गर्दै आएको छ ।