अदुवाभन्दा पिँडालुको मूल्य बढी

दिपायल । किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका बजारमा बिक्री भइरहेको हो ।
बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका हुन् ।
डोटीको बडीकेदार गाउँपालिकाका किसान सधैँभरी व्यवसायरुपमा गर्दै आएको अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् । पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा अदुवाको मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका–२ का नरबहादुर शाहीले बताए ।
उनी भन्छन, “अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिल्लो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको र्छौ”, थोरैबाट सुरु गरेको पिँडालु खेतीबाट वार्षिकरुपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको उनले बताए । आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका दर्जनभन्दा बढीले किसानले पिँडालु खेती गरिरहेका छन् ।
कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा यतिबेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य भएपछि पिँडालु खेती गरेको बडीकेदार गाउँपालिका ५ का तेज कोटकेनीले बताउ छन् । उनी भन्छन्, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ”, किसानले प्रतिकेजी पिँडालु रु ३० का दरले बिक्री गरिरहेका छन् ।
पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैँ भरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ, उनले भने( स्थानीयस्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा बेच्न बाध्य छन् ।
साठीदेखि ७० रोपनीमा लगाउन गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको ताडीले बताए।
यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती छोडेर कोही फलफूल खेती त कोही पिँडालु खेति गरिरहेको छन् ।
घरघरमा सिंहदरबार आए पनि किसानलाई कसैले नहेरेको किसानहरुको गुनासो छ। किसानको जीविकोपार्जन गर्दै आएको अदुवा खेती पछिल्लो समय बजार र कम मूल्य भएका कारण अधिकांश किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए ।
यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने सबै किसानलाई सहुलियतमा अनुदान दिन र बजारीकारण र कोल्ड सेन्टरका लागि पहल गरिने कृषि शाखा प्रमुख शाहीले बताए। रासस





प्रतिकृया दिनुहोस्