April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीको पाटनमा शिक्षक मृत भेटिए

बैतडी । बैतडीको पाटन एक जना शिक्षक मृत फेला परेका छन् । पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका ५५ वर्षीय शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेहुन।

इलाका प्रहरी कार्यालय पाटनका वरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले बैतडीको सुर्नया गाउँपालिका –२, घरभई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

बिष्टको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।