April 19, 2026, Sunday
२०८३ बैशाख ६

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ पुगेको छ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको हो।

बिहीबार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार दुई रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।