April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्याङ्जामा ९ बजेबाट मतगणना सुरू, बाजुरामा सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुदाँ गणना हुन सकेन

धनगढी । स्याङ्जामा बुधबार राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको जानकारी दिएका हुन । शर्माका अनुसार वालिङ् नगरपालिकाको भवनमा मतगणना हुनेछ ।

बाजुराको मतगणनागर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको भएन । जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन ।

नेकपा एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी भए । तर एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको नेपाली कांग्रेसका जिल्ला उपसभापति पदमबहादुर बडुुवालले बताएका छन् । उनका अनुसार बिहीबार बिहान ७ बजे पुुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गर्ने निर्णय भएको छ ।

नेकपा एमालेले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता काँसी बिकले बताए ।