April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशको अछाममा फेरी भूकम्पको धक्का महसुस

धनगढी । सुदूरपश्चिम प्रदेशको अछाममा केन्द्रबिन्दू भएर भुकम्प गएको छ । अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।