मुख्यमन्त्री भट्टले पाएनन् टिकट, प्रमुख स्वकीय सचिव वली लड्ने

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिँह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएका छन्। ओलीले प्रदेश सभा सदस्यको टिकट पाए संगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् ।
डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीलाई दिइएको छ। प्रतिनिधि सभामा पुर्वमन्त्री प्रेम आलेले टिकट पाएका छन्।एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीमा मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र डोटी (ख) प्रदेशबाट उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले टिक पाएका हुन् ।
मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्रबाट यसपटक शिवसिंह वली लड्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी उत्सवले जानकारी दिएका छन् । अहिले निर्वाचन लड्ने वली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् । माओवादीले प्रतिनिधि सभाको ४ सिट पाएको छ।
नेपाली काँग्रेसले प्रदेश सभामा (क) र माओवादी केन्द्रले प्रदेश सभा (ख) को टिकट पाएका छन्। प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन्।





प्रतिकृया दिनुहोस्