भीमदत्त र केआई सिंह राजमार्ग अवरुद्ध, ठाउँ ठाउँमा पहिरो

धनगढी : अविरल वर्षा वर्षाका कारण भएको छ। कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको छन् । भीमदत्त राजमार्गको ठाउँ ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ । राजमार्ग खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन् ।
पहिरोले केआईसिंह राजमार्ग पनि अवरुद्ध भएको छ । डडेल्धुरा डोटी जोड्ने केआई सिंह राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ।
राजमार्गको रडुवा खोला र अन्य विभिन्न स्थानमा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पहिरो सफा गर्ने काम भइरहेको र केही समयमा सडक सञ्चालनमा आउने प्रहरीले बताएको छ।





प्रतिकृया दिनुहोस्