April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुशासन कायमगरी जनभावनाअनुसार काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

कञ्चनपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले सुशासन कायम गरी इमानदार भएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्।

जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरुमा सुशासन कायमगरी जनभावनाअनुसार काम गर्न जनप्रतिनिधिसँग अनुरोध गरे। साथै प्रधानमन्त्री देउवाले नेता कार्यकर्तालाई आम चुनावको तयारीमा जुटेन निर्देशन दिए ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो। आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।