April 19, 2026, Sunday
२०८३ बैशाख ६

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य आज फेरि बढेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको आयल निगमले जनाएको हो ।

आयल निगमका अनुसार पेट्रोलको नयाँ मूल्य मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य १२ रुपैयाँले बढेर १६५ पुगेको छ ।

एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । एलपी ग्याँस अहिले प्रति सिलिन्डर १८०० रुपैयाँ बिक्री भइरहेको छ ।

अर्थमन्त्रीले प्रतिवद्धता जनाएअनुसार इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर नघटाएपछि निगमले इन्धनको मूल्य बढाएको हो । घाटा बढेर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम बढेपछि निगमले मूल्य बढाएको जनाएको छ ।