पेट्रोलियम पदार्थको कर घटाउन अर्थ मन्त्रालयले आपूर्तिलाई पठायो पत्र

काठमाडौं : अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको हो ।
मन्त्रालयका अनुसार उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको बताएको छ । उपभोक्तालाई उपभोग्य मूल्यमा केही राहत दिनकै लागि यस्तो परिपत्र गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
गत हप्ता मात्र मन्त्रिपरिषदको निर्णयले पेट्रोलियम पदार्थको मूल्य घटाउन पूर्वाधार शीर्षकको कर घटाउन सकिनेगरी अर्थलाई सहमति दिएको थियो ।





प्रतिकृया दिनुहोस्