सरकारले आज नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९र८०को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।
सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य मार्फत सार्वजनिक गर्नेछ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र चुनावमुखी लोकप्रिय कार्यक्रमहरुमा बढी केन्द्रत हुने भएको छ ।
आगामी आर्थिक वर्षमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने तयारी छ ।
आगामी आर्थिक वर्षमा साधाराण ९चालु० खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने तयारी छ । यसका लागि सबैजसो मन्त्रालयलाई खर्च कटौतीका लागि तयार रहन अर्थ मन्त्रालयले भनिसकेको छ । नीति तथा कार्यक्रममार्फत सरकारी खर्च कटौतीका योजनाहरु पनि सार्वजनिक हुनेछन् ।
विभिन्न विषयगत मन्त्रालय, निकाय र संघ संस्था तथा निजी क्षेत्रसहित सरोकारवालाहरुसँगको छलफलका आधारमा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइएको अर्थमन्त्रालयले जनाएको छ ।





प्रतिकृया दिनुहोस्