बैतडीमा वडा सदस्यका उमेदवार साउदमाथि खुकुरी प्रहार
- Eraibar
- २०७९ बैशाख २०, मंगलवार १२:०९
- 99 Shares

बैतडी : बैतडीमा वडा सदस्यका एक उमेदवारमाथि खुकुरी प्रहार भएको छ । गए राति नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका एक उमेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलका अनुसार डिलासैनी गाउँपालिका–५ का वडा सदस्य उमेदवार ६० वर्षीय साउदमाथि खुकुरी खुकुरी प्रहार भएको हो ।
घटनामा संलग्न तीनजनामध्ये एकजना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी रावलले जानकारी दिए । साउदमाथि नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको माओवादीको आरोप छ । घाइतेलाई थप उपचारका लागि कैलाली रेफर गरिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्