April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना सङ्क्रमणमुक्त

काठमाडौं : नेपालमा आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयले अनुसार पछिल्लो २४ घण्टामा १२ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन । २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४८ हजार ७८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।