धनगढी उपमहानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार हमालद्धारा प्रतिबद्धतापत्र सार्वजनिक

धनगढी : धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमालले आगामी पाँच वर्षका लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वतन्त्र उम्मेदवार हमालले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
स्वतन्त्र उम्मेदवार हमालले पत्रकार सम्मेलनमा आफूलाई स्थानीय तहको निर्वाचनमा निर्वाचनगरी उपमहानगरपालिकालाई भ्रष्टाचार, लोककल्याणकारी, स्वच्छ, सुन्दर र समृद्धि नमुना शहर बनाउनमा योगदान दिन सबैमा आग्रह गरेका छन् ।
”हाम्रो धनगढी, हामी बनाउँछौँ” भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्षका लागि गरिने मुख्य मुख्य काम तथा योजनाहरूसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । उपमहानगरपालिकालाई आगामी ५ वर्षमा मुलुककै सुन्दर, समुन्नत र नमुना शहर बनाउने हमालले प्रतिबद्धता व्यक्त गरे ।
हमालले पहिलो बुँदामा नै उप–महानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइने उल्लेख गरेका छन् । यस्तै उप–महानगरपालिकामा रहेका हालसम्मका पेश्की तथा बेरुजु रकमहरू असुल उपरगरी बेरुजुलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता,गाडी,इन्धन, यातायात,होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने घोषणा समेत गरेका छन् । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
यस्ता छन् आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू :








प्रतिकृया दिनुहोस्