April 18, 2026, Saturday
२०८३ बैशाख ५

सेतीमा नुहाउन गएका एक पुरुषको डुबेर मृत्यु

डोटी : सेती नदीमा नुहाउन गएका एक पुरुषको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान केआई सिंह गाउँपालिका–६ भिताडिका ६० वर्षीय राम ताम्राकारको सेती नदीमा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार शिखर नगरपालिका–२ मा रहेको धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएको समयमा ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको हो । नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए।