April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुरामा गोली लागेर एक पुरुषको मृत्यु, ४ जना नियन्त्रणमा

डडेल्धुरा : डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका  डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।  उनको शव अस्पतालमा राखिएको  छ।  

त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।  नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन।